नियम २१
खर्चको लेखा राख्नु पर्ने
(१) आयोजना कार्यान्वयन गर्ने निकायले आयोजना सञ्चालन सम्बन्धी खर्चको लेखा प्रचलित कानून बमोजिम राख्नु पर्नेछ । तर सरकारी निकाय बाहेकका संस्थाले प्राविधिक समितिले तोके बमोजिम खर्चको लेखा राख्नु पर्नेछ ।
(२) आयोजना कार्यान्वयन गर्ने निकायले मासिक, चौमासिक र वार्षिक रुपमा खर्चको फाँटवारी कोषमा पठाउनु पर्नेछ ।
(३) दातृ पक्षले कुनै शर्त राखी उपलब्ध गराएको रकम वा वस्तुगत सहायताको लेखा आयोजना कार्यान्वयन गर्ने निकायले सो उद्देश्य र प्रयोजन खुल्ने गरी राख्नु पर्नेछ ।